बैशाख २३, २०८१, आइतबार
               

यी खेलाडी बार्सिलोना छाडेर रियल गए

एजेन्सी
असार २९, २०७८

ADVERTISEMENT

रियल र बार्सिलोना चिरप्रतिद्वन्द्वी हुन् । त्यसैले एक क्लबबाट अर्काे क्लबमा खेलाडी स्थानान्तरण हुनुलाई निकै अनाैठो मानिन्छ । विगतमा थाेरै अवसरमा मात्रै एक क्लबका खेलाडी अर्कोमा गएका छन् । 

यस सिजन रियलले बार्सिलोनाको युथ टिमका कप्तान जाउमी जार्दीलाई क्लबमा भित्र्याएको छ । उनीसँग मंगलबार रियलले सम्झौता गरको हो । यी १९ वर्षीय कप्तानले यस सिजन रियलको युथ टिमबाटै खेल्नेछन् । तर, भविष्यमा उनले माथिल्लो डिभिजनमा खेल्न पाउनेछन् । जाउमीसँग बार्सिलोनाको सम्झौता सकिइसकेको थियो र बार्साले नयाँ सम्झौता नगर्दै उनी रियल गएका हुन् । 

रियलले यस सिजन सर्जियो अर्रिवास, मिगुयल गुटिर्रेज, एन्टोनियो ब्लान्को र मार्मिक पार्कलाई युवा टिमबाट सिनियर टिममा ल्याउँदैछ । त्यसैले पनि युवा टिममा यी खेलाडीको अभाव पुर्ती गर्न क्षमतावान् खेलाडीहरु आवश्यक परेको छ । 

१९ वर्षका जार्दी गत सिजन बार्साका लागि युथ लेभलमा सर्वाधिक गोलकर्ता थिए, उनले ९ गोल गरेका थिए भने तीनभन्दा धेरै एसिस्ट गरेका थिए ।  रियलले १८ वर्षका जाभियर भिल्लारलाई पनि आबद्ध गरेको छ । उनी रोमाका उत्कृष्ट खेलाडी गोन्जालो हेभिएरका भाई हुन् 

यो पनि