बैशाख १२, २०८१, बुधबार
               

ओलम्पिकको समयमा टोकियोमा आपतकालिन समय लागू

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

ओलम्पिक सुरु हुन १० दिन बाँकी रहेका बेला टोकियो सहरमा आपतकालिन समय लागू भएको छ । आपतकाल सोमबार रातिबाट कार्यान्वयनमा आएको हो । प्रतियोगिताका दौरान कोरोना भाइरस संक्रमण बढ्न नदिन टोकियोमा आपतकाल लगाइएको हो ।

सरकारले रेस्टुरेन्टहरूलाई छिट्टै सेवा बन्द गर्न निर्देशन दिएको छ । विषेश गरी मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । होलसेलरहरूलाई , रेस्टुरेन्ट लगायत रिटेलरलाई मदिरा बिक्री गर्न रोक लगाइएको छ । सरकारको यो नियमप्रति व्यवसायीले भने आपत्ति जनाएका छन । खाना खाने समयमा रेस्टुरेन्ट खोल्ने र खेल हुने बेला बन्द गर्ने योजनामा रहेका व्यवसायीहरू, सरकारले अनावश्यक नियम लगाएको भन्दै आपत्ती जनाएका छन । आपतकाल २२ अगस्टसम्म रहनेछ । महामारीकै कारण एक वर्ष ढिला सुरु भएको ओलम्पिक २३ जुलाई देखि ८ अगस्ट सम्म हुनेछ । कोरोना संक्रमण पछि जापानले आपतकाल लगाएको यो चौथो पटक हो । जापानले ओलम्पिकमा विदेशी र स्थानिय समर्थकलाई प्रतिबन्ध गरेको छ ।

यसको अर्थ ओलम्पिकका सवै खेल बन्द रंगशालामा हुनेछन । अझैपनि स्थानिय भने ओलम्पिकको विपक्षमा देखिएका छन । जम्मा २८ प्रतिशत नागरिकले मात्र खोप लगाएकाले ओलिम्पकले कोरोना संक्रमण बढाउने उनीहरूको चिन्ता छ । अहिले सम्म जापानमा ८ लाख १५ हजार बढी मानिस भाइरस संक्रमित हुदा करिब १५ हजारको मृत्यु भएको छ । टोकियो ओलम्पिकमा २०६ देशका करिब एघार हजार खेलाडीले भाग लिनेछन । नेपालका पाँच खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछन ।


कस्तो लाग्यो ?

यो पनि