जेठ ०४, २०८१, शुक्रबार
               

साग सन् २०२३ को मार्चमा हुने

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

सन् २०२३ मा पाकिस्तानमा हुने १४औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता मार्च महिनामा हुने भएको छ ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले सागको समय तोकेको हो ।

प्रतियोगितामा २७ खेल समावेश हुनेछन् । जसमा पुरुष र महिला दुवै टिमले खेल्नेछन् । प्रतियोगिता पाकिस्तानको पाँच वटा सहरमा हुने पक्का भएको छ ।

प्रतियोगिताको मुख्य खेल लाहोरमा हुनेछ भने अरू खेलहरू फैसलावाद, गुजरनवाला, इस्लामावाद, सिकाकोटमा हुनेछन् । साग आयोजनाको खेलस्थलको निरीक्षणका लागि दक्षिण एसियाली ओलम्पिक काउन्सिलले अरू ओलम्पिक कमिटीलाई यही वर्षको अन्तिममा आमन्त्रण गर्ने भएको छ । 

सो बैठकमा भारत, बंगलादेश, श्रीलंका, मालदिभ्स र भुटानका ओलम्पिक कमिटीका अध्यक्ष र महासचिवको सहभागिता रहेको थियो ।

नेपाल ओलम्पिक कमिटीबाट महासचिव निलेन्द्रराज श्रेष्ठले भाग लिएका थिए । 

१३औँ दक्षिण एसियाली खेलकुदमा आयोजक नेपालले ५१ स्वर्ण जितेको थियो ।


कस्तो लाग्यो ?

यो पनि