बैशाख २३, २०८१, आइतबार
               

इङल्यान्ड हार्‍यो, तर लुक शाले राखे रेकर्ड

एजेन्सी
असार २८, २०७८

ADVERTISEMENT

युरोकप फुटबलको उपाधि इटलीले जित्यो, तर इङल्यान्डका २५ वर्षीय लेफ्ट ब्याक लुक शाले फाइनल खेलमा नयाँ रेकर्ड बनाए ।

खेलको १ मिनेट ५७ सेकेन्डमा ट्रिपरको पासमा गोल गर्दै लुक शाले घरेलु टोलीलाई अग्रता दिलाएका थिए,  इङल्यान्डको जर्सीमा यो उनको पहिलो गोल थियो । 

युरोकपको फाइनल खेलमा यो नै सर्वाधिक छिटो गोल हो । यसअघि १९६४ को फाइनलमा स्पेनका चुस पेरेडाले ५ मिनेट १७ सेकेन्डमा गोल गरेका थिए । लुईस सुआरेजको क्रसमा परेडाले  गरेको गोलको कीर्तिमान ५७ वर्षपछि ब्रेक भएको हो ।

फाइनलमा छिटो गोल गर्ने कीर्तिमान शाको नाममा रहेपनि युरोमा छिटो गोल गर्ने कीर्तिमान दिमिट्री किरिचेन्कोको नाममा छ । ग्रिसविरुद्धको खेलमा सन् २००४ मा किरिचेन्कोले रुसका लागि एक मिनेट सात सेकेन्डमा गोल गरेका थिए ।

तर, व्यक्तिगत रेकर्डका बाबजुद शाले खुसी मनाउन भने पाएनन् । ६७ मिनेटमा इटलीका लियोनार्दो बनुचीले खेल बराबरी गरे । त्यसपछि निर्धारित र अतिरिक्त समयमा कुनै गोल भएन । अन्त्यमा, पेनाल्टी सुटआउटमा इटली ३-२ ले विजयी भयो । 


कस्तो लाग्यो ?

यो पनि