बैशाख २३, २०८१, आइतबार
               

पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई हराउँदै इटलीले जित्यो युरोकपको उपाधि

एजेन्सी
असार २८, २०७८

ADVERTISEMENT

युरोकप फुटबल २०२० को उपाधि इटलीले जितेको छ ।

इङ्ल्याण्डलाई पराजित गर्दै इटलीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जित्न सफल भएको हो ।

आइतबार राति भएको फाइनलमा इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटलीले उपाधि जितेको हो ।

वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । 

पेनाल्टीमा इटलीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । आन्द्रे बेलोट्टी र जोर्गिन्हो गोल गर्न सकेनन् ।

इङ्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । तर, मार्कुस राषफोर्ड, जाडोन सान्चो र साका बाकुयोले गोल गर्न सकेनन् ।

खेलमा लुक शाले दोस्रो मिनेटमै इङ्ल्याण्डलाई अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए । 

योसँगै इटलीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यसअघि सन् १९६८ मा इटलीले पहिलोपटक यो उपाधि जितेको थियो । सन् २००० र २०१२ मा भने फाइनल पुगेर  इटली पराजित भएको थियो । 

इटलीसँग पराजित भएसँगै इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना भने चकनाचुर भएको छ । 


कस्तो लाग्यो ?

यो पनि