बैशाख २३, २०८१, आइतबार
               

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

एजेन्सी
असार २७, २०७८

ADVERTISEMENT

कोपा अमेरिका फुटबल २०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ ।

आइतबार बिहान ब्राजिलको माराकाना रंगशालामा भएको फाइनलमा ब्राजिललाई १-० ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।

खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो ।

डी मारियाले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे ।

बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन ।

ब्राजिलको पटक-पटकको आक्रमणमा अर्जेन्टिनाका गोलकिपर बाधक बनेका थिए  । 

ब्राजिल पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो । 

अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएको थियो ।

२८ वर्षपछि उपाधि

अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो । यसअघि अर्जेन्टिनाले १९९३ मा यो उपाधि जितेको थियो । त्यस्तै, कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो ।

मेसीको कप्तानीमा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा अर्जेन्टिनाले फाइनल यात्रा गरेको थियो । तर उपाधि जित्न असफल रह्यो ।


कस्तो लाग्यो ?

यो पनि