बैशाख २३, २०८१, आइतबार
               

पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता (भिडियो)

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

कोपा अमेरिका फुटबलको फाइनलमा अहिले ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भईरहेको छ ।

माराकाना स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ ।

खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे ।

बल पोसेसनमा पकड जमाएपनि ब्राजिलले पहिलो हाफमा गोल फर्काउन सकेन ।

आज दुबै टिम उपाधि उचाल्ने योजनामा रहेका छन् ।

ब्राजिल पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।

अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएको थियो ।


कस्तो लाग्यो ?

यो पनि