बैशाख २७, २०८१, बिहीबार
               

पेरुलाई ३–२ गोलले हराउँदै कोलम्बिया कोपा अमेरिकाको तेस्रो बन्यो

नेपाल फ्ल्यास
असार २६, २०७८

ADVERTISEMENT

काठमाडौं । पेरुलाई पेरुलाई ३–२ गोलले हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो बन्न सफल भएको छ । शनिबार (आज) बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३–२ ले हराएको हो ।

उक्त खेलअन्तर्गत कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरेका थिए भने डियाजले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि कोलम्बियाले विजयी हासील गर्यो । सेमिफाइनलमा हारेका भएका दुई टोलीले तेस्रो स्थानको लागि खेलेका थिए ।

सेमिफायनलमा पेरु ब्राजिलसँग र कोलम्बिया अर्जेन्टिनासँग पराजित भएको थियो । ब्रासिलियामा भएको सो खेलमा पहिले अग्रता पेरुले लिएको थयो । यसीमार योतुनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए ।

तर, अग्रता लामो समय टिकेन । दोस्रो हाफको सुरुमै कोलम्बियाले बराबरी गोल फर्कायो । जुवान क्वाड्राडोले ४९औँ मिनेटमा बराबरी गोल गरे । लुइस डियाजले ६६औँ मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । तर ८२औँ मिनेटमा पेरुका जियानलुका लापाडुलाले गोल गर्दै खेल बराबरी गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि