बैशाख २७, २०८१, बिहीबार
               

श्रीलंकाका थप एक क्रिकेटरलाई कोरोना

नेपाल फ्ल्यास
असार २५, २०७८

ADVERTISEMENT

श्रीलंकन क्रिकेट टिममा फेरी अर्को एक जनामा कोरोना पोजेटिभ देखिएको छ । ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावरलाई कोरोना पोजेटिभ देखिएको अर्को दिन डाटा एनालिष्ट जीटी निरोशनलाई पनि पोजेटिभ देखिएको छ । 

इंग्ल्याण्ड भ्रमणबाट फर्किएको श्रीलंकाको पुरै टिम अरू दुईदिन आइसोलेसनमा बस्नुपर्ने भएको छ । यदि यो समयमा अरू कसैलाई पनि कोरोना पोजेटिभ देखिएको खण्डमा श्रीलंकन बोर्डले भारतविरुद्धको सिरिजका लागि बी टिम उतार्ने भएको छ । फ्लावर र निरोशनमा कोरोनाको लक्षणपनि देखिएको र यो बढि संक्रमण हुने किसिमको हरेको बताइएको छ । इंग्ल्याण्डबाट फर्किएको टिम शुक्रबार आइसोलेसनबाट बाहिर आउनुपर्ने थियो । तर दुई जनामा कोभिड देखिएपछि अरु दुई दिन बस्नुपर्ने भएको छ । 

यो बीचमा सबै खेलाडी, सपोर्ट स्टाफको फेरि कोरोना परिक्षण हुनेछ र सबैको नेगेटिभ आउनुपर्नेछ । श्रीलंकाका २४ खेलाडी इंग्ल्याण्ड भ्रमणमा गएका थिए । जसमा यो सिरिजपछि इंग्ल्याण्डका तीन खेलाडीसहित सात जनालाई पोजेटिभ देखिएको थियो भने सिरिज खेलाएका पाँच जना अम्पायरमा पनि पोजेटिभ आएको थियो । 

स्वदेश फर्किएपछि श्रीलंकाका दुई जनामा पनि पोजेटिभ देखिएको छ । टिमका सदस्यमा कोरोना देखिएपछि पूरै टिमलाई दुई समुहमा बायो बबलमा राखिएको छ । एक समुह कोलम्बोमा राखिएको छ भने अर्को दांबुलामा राखिएको छ । यसका साथै बोर्डले बैकल्पिक योजनापनि तयार पारेको छ ।

यता श्रीलंकाविरुद्धको सिरिजका लागि भारतीय टिम कोलम्बो पुगिसकेको छ । जुलाई १३ देखि २५ सम्म हुने एकदिवसीय र टी २० सिरिजका लागि भारतीय टिमको कप्तानी शिखर धवनले गरेका छन ।


कस्तो लाग्यो ?

यो पनि