जेठ ०५, २०८१, शनिबार
               

जेससमाथिको प्रतिबन्धपछि नेइमारले खोले मुख, लगाए यस्तो आरोप

एजेन्सी
असार २४, २०७८

ADVERTISEMENT

काेपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा ब्राजिलले अर्जेन्टिनाको सामना गर्दैछ र फाइनल खेलमा ब्राजिलका स्टार स्ट्राइकर गाब्रियल जेसस प्रतिबन्धमा परेका छन् ।

क्वाटरफाइनलमा चिलीका इयुजिनियो मेनाको अनुहारमा फ्लाइङ किक प्रहार गरेपछि जिसुसलाई रातो कार्ड देखाइएको थियो । उनले आफुबाट गल्तीवस्  किक प्रहार भएको भन्दै माफी मागेका थिए । 

त्यसपछि उनले पेरुविरुद्धको सेमिफाइनल खेल पाएनन् । दक्षिण अमेरिकी फुटबल संघले यो प्रतिबन्धलाई लम्ब्याएसँगै उनले फाइनल पनि गुमाउने तय भएको छ ।

यस निर्णयविरुद्ध ब्राजिली कप्तान नेयमारले आफ्नो इस्टाग्राममा लेखेका छन्, ‘यस्तो खाले निर्णय गर्ने व्यक्तिको मुट्ठीमा  रहनु निकै दुग्भार्यपूर्ण छ । उनीहरुले खेलको राम्रो विश्लेषण गरे । हामीले धन्यवाद दिनैपर्छ,’ नेयमारले व्यङ्गय गर्दै लेखेका छन् । 

फुलाई दुई खेलको प्रतिबन्ध लगाएर अपिल गर्ने मौका समेत नदिइएपछि जिसुसले पनि व्यङ्ग्य गर्दै दक्षिण अमेरिकी फुटबल संघलाई धन्यवाद दिएका छन् । 

गाब्रियल जेससको साटो अब ब्राजिल र अर्जेन्टिनाबीचको फाइनल खेलमा एभर्टन मैदान उत्रनेछन् ।

यो पनि