जेठ ०५, २०८१, शनिबार
               

पहिलो हाफमा इङ्ल्याण्ड र डेनमार्क बराबरीमा

एजेन्सी
असार २४, २०७८

ADVERTISEMENT

युरो कप २०२० अन्तर्गत इङ्ल्याण्ड र डेनमार्कबीच जारी दोस्रो सेमिफाइनलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । 

वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इङ्ल्याण्ड र डेनमार्कले १-१ गोलको बराबरी खेलेका हुन्  ।

खेलमा डेनमार्कले सुरुवाती अग्रता लिएको थियो । ३० औं मिनेटमा मिकेल डाम्सगार्डले झन्डै २५ यार्ड टाढाबाट प्राप्त फ्रिकिकलाई सुन्दर गोलमा परिणत गर्दै टोलीलाई अघि बढाएका थिए ।

तर, खेलको ३९ औं मिनेटमा डेनमार्कका सिमोनले आत्मघाती गोल गरेपछि पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ । इङ्ल्याण्डका बुकायो साकाको क्रसमा उनले आफ्नै पोस्टमा गोल गरे ।

आजको खेलको विजेताले फाइनलमा इटलीको सामना गर्नेछ । इटलीले स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि भिडन्तमा स्थान पक्का गरिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि