जेठ ०५, २०८१, शनिबार
               

अर्जेन्टिना फाइनलमा, उपाधिका लागि ब्राजिलसँग भिड्ने

एजेन्सी
असार २३, २०७८

ADVERTISEMENT

अर्जेन्टिना 'कोपा अमेरिका २०२१' फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान कोलम्बियालाई टाईब्रेकर (पेनाल्टी सुटआउट) मा हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो । 

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा अर्जेन्टिना ३–२ गोल अन्तरले बिजयी भएको हो ।

खेलमा अग्रता अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलबाट लिएको थियो । लियोनल मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले गोल गरेका थिए ।

दोस्रो हाफमा लुइस डियाजको गोलमार्फत कोलम्बिया खेलमा फर्किएको थियो ।

अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि