जेठ ०५, २०८१, शनिबार
               

इटली भर्सेस स्पेन : पहिलो हाफ बराबरीमा

एजेन्सी
असार २३, २०७८

ADVERTISEMENT

युरो २०२० को सेमिफाइनल अन्तर्गत जारी खेलको पहिलो हाफमा इटली र स्पेन बराबरीमा रोकिएका छन् ।

लण्डनको बिम्बली रंगशालामा जारी खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । पहिलो हाफमा दुबै टोलीले गोलको अवसरलाई खेर फालेका थिए ।

बलमा पकड जमाएको स्पेनले पटक पटकको मौकालाई सदुपयोग गर्न सकेन । काउन्टर अट्याकमा जोड दिएको इटालीले गोल गर्ने केही अवसर गुमाएको थियो ।

आज इटाली र स्पेन फाइनल पुग्ने लक्ष्यमा छन् । आजको खेलको विजेताले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।

इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।

तीन पटकको च्याम्पियन स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि