जेठ ०४, २०८१, शुक्रबार
               

स्पेनविरुद्ध इटली : सर्वाधिक सफल टोलीविरुद्ध सर्वाधिक लयको टोली
Italy Spain

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

नेपाली समयअनुसार मध्यराती १२ः४५ मा इटली र स्पेनबीच लण्डनको बिम्बली रंगशालामा सेमिफाइनल खेलमा प्रतिस्पर्धा हुँदैछ । इटलीले दोस्रोपटक युरो जित्ने आशा राखेको छ भने स्पेन सर्वाधिक चारपल्ट युरो जित्ने एकमात्र टोली बन्न चाहन्छ । अहिलेसम्म जर्मनी र स्पेन दुबैले सर्वाधिक तीन–तीनपटक युरो जितेको इतिहास छ ।

लक्ष्य हासिल गर्नका लागि दुबै टिम आजको खेल जित्दै २७ असारमा हुने फाइनलमा स्थान बनाउन चाहन्छन् । फाइनल खेल पनि बिम्बली रंगशालामै हुनेछ । एकपटकमात्र युरो जितेपनि इटली युरोपको पावर हाउस मानिन्छ ।

किनकी, उसले चारपटक विश्वकप उपाधि जितेको छ । इटलीले घरेलु मैदानमै १९६८ मा युरोकप फुटबलको उपाधि जितेको थियो । यसपटक पनि प्रतियोगिताका ११ वटा आयोजक शहरमध्ये इटलीको रोम एक हो । इटलीले आफ्ना सबै समूह चरणका खेलहरु यही नै खेल्यो ।

र, क्वाटरफाइनलमा बेल्जियमलाई २–१ ले हराउँदै इटलीले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रा ३२ खेलसम्म पुर्याएर नयाँ इतिहास रचेको छ । सेप्टेम्बर २०१८ यता इटली अपराजित छ । सर्वाधिक लामो अपराजित यात्राको दौडमा यसअघि इटली र अर्जेन्टिना समान ३१–३१ खेलसहित तेस्रोमा थिए । अर्जेन्टिनाले ९० को दशकमा राखेको यो कीर्तिमानलाई इटलीले बेल्जियमविरुद्धको जीतपछि भर्खरै उछिन्यो ।

सर्वाधिक लामो अन्तर्राष्ट्रिय अपराजित यात्राको रेकर्ड भने ब्राजिल र स्पेनका टोलीको नाममा छ । १९९३ देखि ९६ सम्म ब्राजिल र २००७ देखि २००९ सम्म स्पेन पनि ३५ खेलमा अपराजित रहेको रेकर्ड छ । यता, जारी प्रतियोगितामा स्पेन पनि अपराजित छ । तर, स्लोभाकियाविरुद्ध समूह चरणमा निकालेको ५–० को नतिजाबाहेक अन्य सबै खेलमा उसले निकै संघर्ष गर्नुपरेको छ ।

क्रोयशियाविरुद्ध अन्तिम १६ मा अतिरिक्त समयमा ५–३ को सनसनीपूर्ण नतिजा निकालेको स्पेनले क्वाटरफाइनलमा स्विचरल्यान्डलाई टाइब्रेकरमा हराएको थियो । 

स्पेन र इटलीबीचको हेड टु हेड नतिजामा स्पेन अघि छ । उसले १२ खेल जितेको छ भने १३ खेल बराबरीमा सकिएको छ । त्यस्तै ११ खेल इटलीले जितेको छ ।


कस्तो लाग्यो ?

यो पनि