जेठ ०३, २०८१, बिहीबार
               

ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

काठमाडौं । साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । रियो दि जेनेरियोको राष्ट्रिय रंगशालामा भएको उक्त खेलमा ब्राजिलले पेरुलाई १–० ले पराजित गरेको हो । 

समूह चरणमा ४–० को रवाफिलो जित निकालेको ब्राजिलले सेमिफाइनलमा भने निकै कठिन चुनौतिको सामना गर्न परेको थियो ।

खेलको ३५औँ मिनेटमा नेइमारको पासमा लुकास पाकेस्टाले गरेको गोल नै ब्राजिलको जितमा निर्णायक रह्यो । प्रतियोगितामा अपराजित रहेको ब्राजिलको प्रदर्शन दोस्रो हाफमा केहि खस्किए पनि पेरुले फाइदा उठाउन सकेन ।

ब्राजिलको ऐतिहासिक मराकाना रंगशालामा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग खेल्ने छ । दोस्रो सेमिफाइनल भोलि बिहान हुने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि