जेठ ०३, २०८१, बिहीबार
               

ब्राजिल र पेरु कोपा अमेरिकाको समिफाइनल प्रवेश

नेपाल फ्ल्यास
असार १९, २०७८

ADVERTISEMENT

एजेन्सी । चिलीको यात्रालाई विराम लगाउँदै ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान भएको खेलमा ब्राजिलले चिलीविरुद्ध १-० को जित हात पारेको हो । 

ब्राजिलको जितमा लुकास पाक्केटाले एकमात्र विजयी गोल गरे । दोस्रो हाफको पहिलो मिनेटमा लुकासले गोल गरेका थिए ।

त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र नतिजा ब्राजिलको पक्षमा पुग्यो । 

खेलको लगभग आधा समय ब्राजिल १० खेलाडीमा सीमित भएको थियो । ५०औँ मिनेटमा ग्याब्रियल जिसस रेड कार्ड पाएपछि मैदानमा ब्राजिल १० खेलाडीमा सीमित बनेको थियो ।

अब सेमिफाइनलमा ब्राजिलले पेरुसँग भिड्ने छ ।

यसअघि भएको खेलमा पाराग्वेलाई हराउँदै पेरुले सेमिफाइनल यात्रा सुरक्षित बनाएको थियो । निर्धारित समयमा ३-३ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । थपिएको आधा घण्टामा दुवैतर्फबाट गोल हुन नसकेपछि टाइब्रेकरमा  खेल पेरुले ४-३ ले आफ्नो पक्षमा पारेको थियो । 


कस्तो लाग्यो ?

यो पनि