जेठ ०७, २०८१, सोमबार
               

कोपा अमेरिकामा अर्जेन्टिनाद्वारा बोलिभिया स्तब्ध, उरुग्वेले पाराग्वेलाई हरायो

नेपाल फ्ल्यास
असार १५, २०७८

ADVERTISEMENT

कोपा अमेरिकामा समूह चरणको आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियाविरुद्ध ४-१ को फराकिलो जित हात पारेको छ । 

खेल नेपाली समयअनुसार मंगलबार बिहान पौने ६ बजे सुरु भएको थियो । 

खेलको छैटौँ मिनेटमा अर्जेन्टिनाले अग्रता बनाएको थियो । उसका लागि अलेजन्ड्रो डारिया गोमेजले गोल गरेका थिए । त्यसपछि चर्चित स्ट्राइकर लियोनल मेसीले लगातार दुई गोल गरे । उनले खेलको ३३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । अर्को गोल भने ४२औँ मिनेटमा मेसीले गरे । 

बोलिभियाले ६०औँ मिनेटमा गोल फर्काएको थियो । उसका लागि इविन साभेन्द्रले गोल गरेका थिए । 

६५औँ मिनेटमा लौटारो मार्टनेजले गोल गरेर ब्राजिललाई ४-१ को जित दिलाए ।

खेलमा ६८ प्रतिशत पोजिसन अर्जेन्टिनाले होल्ड गरेको थियो । 

यसअघिका ३ खेलमध्ये २ वटाको नतिजा अर्जेन्टिनाले आफ्नो पक्षमा पारेको थियो । समूह चरणको एक खेलमा भने बराबरी खेलेको अर्जेटिनाले १० अंकसहित समूह ए को शीर्ष स्थान बनाएको छ ।

अर्जेन्टिना आफ्नो पहिलो खेलमा चिलीसँग १-१ गोलको बराबरीमा रोकिए पनि उरुग्वे र पाराग्वेलाई समान १-० गोल अन्तरले पाखा लगाएको थियो ।

बोलिभिया भने तीनवटै खेल हारेर अंकबिहीन रूपमा समूहको पुछारमा थियो । उसले पाराग्वेसँग ३-१, चिलीसँग १-० र उरुग्वेसँग २-० को पराजय भोगेको थियो ।

अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १-० ले हराएको छ । उरुग्वेका लागि खेलको २१औँ मिनेटमा एडिसन कभानीले गरेको गोल निर्णायक बन्न पुग्यो । पाराग्वेले बल पोजिसन ५२ प्रतिशत होल्ड गरे पनि उसले गोल गर्न सकेन ।

यस्तो छ अंकतालिका

समूह ए

क्रस देश खेल जित बराबरी हार अंक
अर्जेन्टना १०
उरुग्वे
पाराग्वे
चिली
बोलिभिया

समूह बी

क्रस देश खेल जित बराबरी हार अंक
ब्राजिल १०
पेरु
कोलम्बिया
इक्वेडर
भेनेजुएला

कस्तो लाग्यो ?

यो पनि