जेठ ०७, २०८१, सोमबार
               

कोपा अमेरिकामा अर्जेन्टिना र बोलिभिया तथा उरुग्वे र पाराग्वे भिड्दै

नेपाल फ्ल्यास
असार १४, २०७८

ADVERTISEMENT

कोपा अमेरिकामा समूह चरणको आफ्ना अन्तिम खेलमा मंगलबार बिहान अर्जेन्टिना र बोलिभिया भिड्दै छन् । 

खेल नेपाली समयअनुसार पौने ६ बजे हुनेछ । सोही समयमा समूह ए मै रहेका उरुग्वे र पाराग्वेबीच अर्को प्रतिस्पर्धा हुनेछ ।

यसअघिका ३ खेलमध्ये २ वटाको नतिजा अर्जेन्टिनाले आफ्नो पक्षमा पारेको थियो । समूह चरणको एक खेलमा भने बराबरी खेलेको अर्जेटिना ७ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

अर्जेन्टिना आफ्नो पहिलो खेलमा चिलीसँग १-१ गोलको बराबरीमा रोकिए पनि उरुग्वे र पाराग्वेलाई समान १-० गोल अन्तरले पाखा लगाएको थियो ।

बोलिभिया भने तीनवटै खेल हारेर अंकबिहीन रुपमा समूहको पुछारमा छ । उसले पाराग्वेसँग ३-१, चिलीसँग १-० र उरुग्वेसँग २-० को पराजय भोगेको थियो । अंकबिहीन बोलिभिया एक खेल अगावै समूह चरणबाटै बाहिरिसकेको छ । 

सोमबार बिहान भएको समूह बी को खेलमा ब्राजिलको अपराजित यात्रा तोडिएको थियो । ब्राजिल र इक्वेडरले १-१ गोलको बराबरी खेलेर अंक बाँडेका थिए ।

अर्को खेलमा पेरुसँग भेनेजुएला पराजित भएको थियो । पाँच टिम रहेको यो समूहबाट भेनेजुएला १-० हारेको थियो । हारसँगै भेनेजुएलाको अघिलो चरणको यात्रा समाप्त भएको थियो ।

मंगलबार बिहानको खेलसँगै पेरु, ब्राजिल, कोलम्बिया र इक्वेडरले क्वाटरफाइनलका लागि आफ्ना प्रतिद्वन्द्वी पाउने छन् । 

यस्तो छ अंकतालिका

समूह ए

क्रस देश खेल जित बराबरी हार अंक
अर्जेन्टना
पाराग्वे
चिली
उरुग्वे
बोलिभिया

समूह बी

क्रस देश खेल जित बराबरी हार अंक
ब्राजिल १०
पेरु
कोलम्बिया
इक्वेडर
भेनेजुएला

कस्तो लाग्यो ?

यो पनि