जेठ ०७, २०८१, सोमबार
               

कोपा अमेरिकामा ब्राजिल र इक्वेडर बराबरीमा, पेरुसँगको हारसँगै बाहिरियो भेनेजुएला

नेपाल फ्ल्यास
असार १४, २०७८

ADVERTISEMENT

कोपा अमेरिकामा समूह चरणको आफ्ना अन्तिम खेलमा ब्राजिल इक्वेडरसँग बराबरीमा रोकिएको छ । अर्को खेलमा पेरुसँग भेनेजुएला पराजित हुन पुग्यो ।

गए रातिको यो प्रतिस्पर्धासँगै समूह बी बाट क्वाटरफाइनलमा प्रवेश गर्ने टिम तय भएको छ ।

पाँच टिम रहेको यो समूहबाट भेनेजुएला हारसँगै बाहिरिएको छ । 

आज बिहानका खेलमा इक्वेडरसँग ब्राजिल १-१ गोलको बराबरीमा रोकिएको थियो । 

ब्राजिलका लागि इडर मिलिटाओले ३७ औँ मिनेटमा गोल गरेर अग्रता बनाए पनि ५३ औँ मिनेटमा गोल खान पुग्यो । इक्वेडरका लागि एन्जल मिनाले गोल गरेका थिए ।

त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन । ब्राजिलले समूह चरणका चार खेलबाट शीर्ष १० अंक जोडेको छ । इक्वेडर चौथो स्थानमा आएर सुपर एटमा पुगेको हो । 

अर्को खेलमा पेरुले भेनेजुएलालाई १–० ले हराएको थियो । हारसँगै भेनेजुएलाको अघिलो चरणको यात्रा समाप्त भएको हो ।

पेरुका लागि ४८ औँ मिनेटमा एन्डर क्यारिलियोले गरेको गोल निर्णायक बनेको थियो ।

यस्तो छ अंकतालिका

समूह ए

क्रस देश खेल जित बराबरी हार अंक
अर्जेन्टना
पाराग्वे
चिली
उरुग्वे
बोलिभिया

समूह बी

क्रस देश खेल जित बराबरी हार अंक
ब्राजिल १०
पेरु
कोलम्बिया
इक्वेडर
भेनेजुएला

कस्तो लाग्यो ?

यो पनि