बैशाख ०७, २०८१, शुक्रबार
               

गोल गर्न नसक्दा मोराटालाई केही व्यक्तिले भने, ‘तिम्रा सन्तान मरुन्’

नेपाल फ्ल्यास
असार १२, २०७८

ADVERTISEMENT

पोल्यान्डविरुद्धको समूह चरणको खेलमा स्पेन १–१ गोलको बराबरीमै रोकियो । घरेलु मैदान सेभियामा भएको यस खेलमा स्पेनले अग्रता लिने राम्रो अवसर पाएको थियो । तर, जरार्ड मोरिनोले गरेको पेनाल्टी गोलपोस्टमा ठोक्किएर बाहिरियो । अनि, रिबाउन्डमा अल्भारो मोराटाले गरेको प्रहारले गोलपोस्टको दिशा लिन सकेन । 

यसपछि आफूमाथि निरन्तर धम्की आएको खुलासा मोराटाले गरेका छन् । ‘मानिसहरुले मेरो बेइज्जत गरे । धम्की दिए, तिम्रा बालबच्चा मरुन् भने,’ मोराटाले भने । 

समूह चरणमा स्पेनले खेलेको यो दोस्रो बराबरी थियो । यस खेलअघि सुरुवाती खेलमा पनि स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो । लगातारको बराबरी नतिजापछि अन्तिम खेलमा जित निकाल्नैपर्ने दबाबमा स्पेन पुगेको थियो । 

 


कस्तो लाग्यो ?

यो पनि