जेठ ०७, २०८१, सोमबार
               

कोपा अमेरिका : पाराग्वेद्वारा चिली पराजित, यस्तो छ पछिल्लो अंकतालिका

नेपाल फ्ल्यास
असार ११, २०७८

ADVERTISEMENT

कोपा अमेरिका पाराग्वेले चिलीलाई २-० ले हराएको छ । 

पाराग्वेका लागि खेलको ३३औँ मिनेटमा ब्राएन समुडिओले अग्रता दिएका थिए । त्यसपछि दोस्रो गोल ५८ मिनेटमा भएको हो । पाराग्वेले पाएको पेनाल्टीको अवसरलाई मिगुल एल्मिरोनले गोलमा परिणत गरेका हुन् ।

जितसँगै समूह पाराग्वे ६ अंकसहित समूह ए को दोस्रो स्थानमा पुगेको छ । पहिलो स्थानमा अर्जेन्टिना ७ अंकसहित पहिलो स्थानमा छ ।

समूह ए कै यसअघि भएको खेलमा बोलिभियालाई २-० ले हराउँदै उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको थियो । यो जारी प्रतियोगितामा उरुग्वेको पहिलो जित हो ।

खेलको ४०औँ मिनेटमा आत्मघाती गोलबाट उरुग्वेले अग्रता लिएका थियो । बोलिभियाएका जाइरो क्विनटेरोस र कार्लोस लाम्पेबीच समझदारी हुन नसक्दा लाम्पेले आत्मघाती गोल गर्न चुकेका थिए ।

अर्को गोल ७९औँ मिनेटमा काभानीले गोल थपेका थिए ।

प्रतियोगिता एक समूहबाट शीर्ष चार टिमले अघिल्लो चरण प्रवेश पाउने छन् ।

कुन टिमको स्कोर कति ?

समूह ए

क्रस देश खेल जित बराबरी हार अंक
अर्जेन्टना
पाराग्वे
चिली
उरुग्वे
बोलिभिया

समूह बी

क्रस देश खेल जित बराबरी हार अंक
ब्राजिल
कोलम्बिया
पेरु
इक्वेडर
भेनेजुएला

 


कस्तो लाग्यो ?

यो पनि