जेठ ०७, २०८१, सोमबार
               

कोपा अमेरिका : पहिलो जितसँगै उरुग्वे क्वाटरफाइनलमा

नेपाल फ्ल्यास
असार ११, २०७८

ADVERTISEMENT

बोलिभियालाई २-० ले हराउँदै उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । यो जारी प्रतियोगितामा उरुग्वेको पहिलो जित हो ।

गएराति भएको खेलमा बोलिभियाको पराजयसँगै उसको अघिल्लो चरण पुग्ने सम्भावना सकिएको छ ।

खेलको ४०औँ मिनेटमा आत्मघाती गोलबाट उरुग्वेले अग्रता लिएका थियो । बोलिभियाएका जाइरो क्विनटेरोस र कार्लोस लाम्पेबीच समझदारी हुन नसक्दा लाम्पेले आत्मघाती गोल गर्न चुकेका थिए ।

अर्को गोल ७९औँ मिनेटमा काभानीले गोल गरे । फाकुन्डो टोरेसको क्रसमा उनले गोल गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि