जेठ ०७, २०८१, सोमबार
               

कोपा अमेरिका फुटबलमा ब्राजिलको अपराजित यात्रा कायमै

नेपाल फ्ल्यास
असार १०, २०७८

ADVERTISEMENT

काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिलले कोलम्बियालाई २-१ ले हराएको छ । साबिक विजेता ब्राजिलले खेलको अन्तिम समयमा गोल गर्दै लगातार तेस्रो जित हात पारेको छ ।

आज बिहान पौन ६ बजे भएको खेलमा ब्राजिलले विजयी गर्‍यो भने मध्यरातको खेलमा इक्वेडर र पेरुले २-२ गोलको बराबरी खेलेर अंक बाँडेका छन् ।

सुरुमा गोल खाएर दबाबमा परेको ब्राजिलले कोलम्बियामाथि २-१ को रोमाञ्चक जित हात पारेको हो । यो खेलअघि नै ब्राजिलले अन्तिम ८ मा स्थान बनाइसकेको थियो ।

खेलको १०औँ मिनेटमा कोलम्बियाका लागि एल डियासले गोल गरे । उनले कुएडार्डोले दिएको क्रसमा गोल गरेका थिए । 

ब्राजिलले घरेलु मैदानमा जवाफी गोल ७८ मिनेटमा गरेको थियो । ब्राजिलका लागि रेनान लोडीको क्रसमा फिर्मिनोले गोल गरेका थिए । 

बराबरीको नजिक पुगिसकेको ब्राजिलले दोस्रो हाफको इन्जुरी टाइममा दोस्रो गोल गर्दै २-१ जित हात पार्‍यो ।

ब्राजिलका लागि नेइमारको पासमा कासेमिरोले गोल गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि