बैशाख ०८, २०८१, शनिबार
               

चिली क्वार्टरफाइनलमा प्रवेश

नेपाल फ्ल्यास
असार ०९, २०७८

ADVERTISEMENT

काठमाडौैं । चिली जारी कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

मंगलबार भएको खेलमा उरुग्वेसँग १-१ गोलको बराबरीमा रोकिए पनि चिलीले क्वाटरफाइनलमा पुगेको हो ।

ब्राजिलको एरिना पन्टानलमा अर्टुरो भिडालले आत्मघाती गोल गरेपछि चिली बराबरीमा रोकिएको हो । २६औँ मिनेटमा एडुवार्डो भर्गासले गोल गर्दै चिलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६६औँ मिनेटमा भिडालले आत्मघाती गोल गरेपछि उरुग्वे हारबाट जोगिएको हो ।

बराबरीसँगै समूह ‘ए’ को चिलीले ३ खेलमा ५ अंक जोडेको छ । चिली समूहको दोस्रो स्थानमा रहेको छ । उरुग्वे २ खेलमा १ अंकसहित चौथो स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि