जेठ ०७, २०८१, सोमबार
               

अर्जेन्टिनाले पाराग्वेलाई १–० ले हरायो

नेपाल फ्ल्यास
असार ०८, २०७८

ADVERTISEMENT

कोपा अमेरिकामा अर्जेन्टिनाले पारग्वेमाथि संघर्षपूर्ण जीत निकालेको छ । मंगलबार बिहान भएको खेलमा अर्जेन्टिना १–० को झिनो अन्तरले विजयी भएको हो ।

खेलमा अलेजान्द्रो गोमेजले खेलको १० औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । दोस्रो हाफमा पाराग्वेले अर्जेन्टिनालाई दबाबमा राखे पनि गोल भने फर्काउन सकेन ।

जितसँगै अर्जेन्टिना समूह ए को शीर्ष स्थानमा रहेको छ । पाराग्वे तेस्रो स्थानमा रहेको छ । ३ खेलमा अर्जेन्टिनाले २ मा जीत र एक मा बराबरी खेलेको छ । उसको सात अंक रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि