जेठ ०७, २०८१, सोमबार
               

युरोकपमा आज चार खेल हुँदै

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

युरोकप फुटबलमा आज (सोमबार) चार खेलहरू हुँदैछन्। युरोपको विभिन्न ११ सहरमा आयोजना भइरहेको युरोकपको समूह चरण अन्तर्गत आज समूह बी र समूह सी को समान दुई/दुई खेल हुनेछन्।

समूह सी मा रहेको नेदरल्यान्ड्स र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन् । युक्रेन र अष्ट्रियाबीचको खेल पनि ९ः४५ बजे नै सुरु हुनेछ ।

आजै हुने अर्को खेलमा समूह बी मा रहेको बेल्जियमले फिनल्याण्डसँग खेल्नेछ । बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। यस्तै समूहको अर्को खेलमा रुस र डेनमार्क भिड्नेछन्। दुई टिमबीचको पनि खेल राति १२ः४५ बजे नै सुरु हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि