जेठ ०७, २०८१, सोमबार
               

कोपा अमेरिमा पेरुको पहिलो जित, भेनेजुएला र इक्वेडर बराबरीमा

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

कोलम्बियाको आत्मघाती गोलसँगै कोपा अमेरिका फुटबलमा पेरुले पहिलो जित निकालेको छ ।

नेपाली समयअनुसार सोमबार बिहान भएको खेलमा पेरु २-१ ले विजयी भएको हो । अघिल्लो खेल हारेको पेरुले जितसँगै ३ अंक बनाउँदै समूह ए को तेस्रो स्थानमा छ । पेरुसँग हारेको कोलम्बियाले तीन खेलबाट ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।

खेलमा पेरुले पहिलो गोल गरेको थियो । पेरुका लागि १७औँ मिनेटमा सर्जियो पेनाले गोल गरेका थिए । अर्को गोल भने ५१औँ मिनेटमा पेरुका गोलकिपर पेड्रो डेभिड ग्यालिलेसले खराब ट्याकल गरेर फल गरेपछि कोलम्बियाले पेनाल्टी पाएको थियो । पेनाल्टीको अवसरलाई यारी मिनाले गोलमा परिणत गरेका थिए ।

६४औँ मिनेटमा पेरुका क्रिष्टियन क्याभसले प्रहार गरेको कर्नर किक कोलम्बियाका यारी मिनालाई लागेर आफ्नै पोस्टमा गएपछि पेरुले उपहारमा गोल पाएको थियो । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र पेनाल्टी नै कोलम्बियाका लागि पराजयका लागि निर्णायक बन्न पुग्यो ।

यसअघि गए राति भएको समूह ए कै अर्को खेलमा भेनेजुएला र इक्वेडोरले दुई दुई खेलको बराबरी खेलेका थिए ।

 दोस्रो हाफको इन्जुरी समयमा गोल खाएको थियो । खेलको ३९औँ मिनेटमा रोबर्ड एबेल अर्बोलेडा एस्कोबारको सहयोगमा एडुआर एर्टन प्रिसीडो गार्सियाले इक्वेडोरका लागि गोल गरेका थिए । 

भेनेजुएलाले एडसन क्यासिलोले ५१ औँ मिनेटमा जोसे मार्टिनेजाको पासमा गोल गर्दै खेल १–१ गोलको बराबरीमा पुर्‍याए ।

७१औँ मिनेटमा इक्वेडरले फेरि गोल थप्यो । उसका लागि गोन्जाले प्लटाले गोल गरेर आफ्नो टिमलाई २–१ को अग्रतामा पुर्‍याए ।

तर यो खुसी अन्तिमसँग टिक्न सकेन दोस्रो हाफको इन्जुरी समयमा भेनेजुएलाका लागि एडिसन क्यासिलोको पासमा रोनाल्ड हर्नान्डेजले गोल गरेर खेललाई २–२ गोलको नतिजामा पुर्‍याएका थिए ।

यो नतिजासँगै समूह ए मा भेनेजुएला दुई अंकसहित चौथो तथा इक्वेडोर एक अंकसहित पाँचौँ स्थानमा छ । अपराजित ब्राजिल ६ अंकसहति शीर्ष स्थानमा छ । 

कोपा अमेरिकामा मंगलबार नेपाली समयअनुसार बिहान पौने ६ बजे अर्जेन्टिना र पाराग्वे भिड्ने छन् । त्यसअघि मध्यरातमा उरुग्वे र चिलीबीच प्रतिस्पर्धा हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि