बैशाख २९, २०८१, शनिबार
               

एसियन च्याम्पियनसिपबाट ५ देशले नाम फिर्ता लिए

नेपाल फ्ल्यास
असार ०५, २०७८

ADVERTISEMENT

फिलिपिन्समा सञ्चालन हुने एसियन महिला भलिबल च्याम्पियनसिपबाट ५ देशले नाम फिर्ता लिएका छन्। एसियन भलिबल महासंघका अनुसार प्रतियोगिताबाट इन्डोनेसिया, श्रीलंका, चीन, भियतनाम र न्युजिल्याण्डले नाम फिर्ता लिएका हुन्। 

प्रतियोगितामा अब नेपालसहित आयोजक फिलिपिन्स, अष्ट्रेलिया, भारत, कोरिया, जापान, थाइल्याण्ड, काजकिस्तान, ताईवान, इरान, उज्वेकिस्तान, हङकङले सहभागिता जनाउनेछन् । यसअघि एभीसीले १७ वटा देशले प्रतियोगितामा सहभागीता जनाउने बताएको थियो। तर ५ देशले नाम फिर्ता लिएसँगै अब प्रतियोगिता खेल्ने देशको संख्या १२ भएको छ।

प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म फिलिपिन्समा सञ्चालन हुँदैछ । यसअघि प्रतियोगिता चीनमा हुने तय भएको थियो। तर, चीनले आयोजकको रुपमा नाम फिर्ता लिएपछि प्रतियोगिता फिलिपिन्समा सरेको हो। 

यस प्रतियोगितामा आयोजकसहित शीर्ष वरियताका १० राष्ट्रले सिधै सहभागीता जनाउन पाउँछन् । त्यसपछि वेस्ट एसिया, सेन्ट्रल एसिया, इस्ट एसिया, साउथ इस्ट एसिया र ओसियाका ५ राष्ट्र प्रतियोगिताका लागि छनोट हुने व्यवस्था छ।

नेपालले पहिलो पटक प्रतियोगितामा सहभागीता जनाउने तयारी गरेको छ। एसियन च्याम्पियनसिपको तयारीस्वरुप नेपालको महिला टिमले बन्द प्रशिक्षणसमेत सुरु गरिसकेको छ।


कस्तो लाग्यो ?

यो पनि