जेठ ०७, २०८१, सोमबार
               

धावक मिल्खा सिंहको निधन

नेपाल फ्ल्यास
असार ०५, २०७८

ADVERTISEMENT

एजेन्सी ।‘फ्लाईङ्ग सिख’ बाट विश्व चर्चित भारतका लेजेन्ड धावक मिल्खा सिंहको निधन भएको छ ।

सिंहको ९१ वर्षको उमेरमा शुक्रबार राति चन्डीगढस्थित अस्पतालमा निधन भएको जनाइएको हो । शुक्रबार सिंहको स्वास्थ्यमा समस्या भएपछि चन्डीगढस्थित अस्पतालको आईसियूमा भर्ना गरिएको थियो ।

यसअघि गत मे को अन्तिम साता उनलाई कोरोना संक्रमण भएपछि अस्पतालको आईसियूमा भर्ना गरिएको थियो । जहाँ उनले कोरोना पनि जितेका थिए । तर, कोरोनाको रिपोर्ट नेगेटिभ आए पनि स्वास्थ्यमा समस्या जारी नै रहेपछि उनलाई अस्पतालमा नै राखिएको थियो ।

गत हप्ता मात्रै उनकी श्रीमतीको पनि मृत्यु भएको थियो ।

थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भारतलाई पदक दिलाएका उनको जीवनीमा आधारित फिल्म ‘भाग मिल्खा भाग’ समेत बनेको थियो ।


कस्तो लाग्यो ?

यो पनि