जेठ ०६, २०८१, आइतबार
               

कोपा अमेरिकामा अर्जेन्टिनाको पहिलो जित

नेपाल फ्ल्यास
असार ०५, २०७८

ADVERTISEMENT

कोपा अमेरिकामा चर्चित स्ट्राइकर लियोनल मेस्सीको अर्जेन्टिना उरुग्वेमाथि संघर्षपूर्ण जित हात पारेको छ ।

नेपाली समयअनुसार आज बिहान पौने ६ बजे भएको खेल अर्जेन्टिनाले १-० ले जितेको हो ।

प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले १३औँ मिनेटमै गोल गरेको थियो । गोल गुइडो रोड्रिगेजले गरेका थिए भने त्यसका लागि सुन्दर पास मेस्सीले दिएका थिए । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन ।

अर्जेन्टिनाको ४५ प्रतिशतमात्र गोल पोजिसन होल्ड गरेको थियो । तर ६ वटा पोस्ट प्रहार भने अर्जेन्टिना गर्दा उरुग्वे निरीह बनेको थियो । 

जितपछि ४ अंकसहित अर्जेन्टिना समूह 'बी' को शीर्षस्थानमा पुगेको छ । पहिलो खेलमा उसले चिलीसँग १-१ को बराबरी खेलेको थियो ।

आजै बिहानको अर्को खेलमा चिलीले बोलिभियालाई १-० ले हराएको छ । चिली पनि समान ४ अंक बनाउँदै तालिकाको दोस्रो स्थानमा छ । तीन अंक जोडेको पाराग्वे तालिकाको तेस्रो स्थानमा छ । बोलिभिया र उरुग्वेले अहिलेसम्म अंक जोडन सकेका छैनन् ।

प्रतियोगितामा दुई समूह रहेका छन् । समूह चरणको शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल यात्रा पक्का गर्नेछन् ।

कुन समूहमा को ?

समूह ए : ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुएला र पेरु

समूह बी : अर्जेन्टिना, पाराग्वे, उरुग्वे, चिली र बोलिभिया

यो पनि