जेठ ०७, २०८१, सोमबार
               

कोपा अमेरिका : पेरूको पोस्टमा ब्राजिलको गोल वर्षा

नेपाल फ्ल्यास
असार ०४, २०७८

ADVERTISEMENT

कोपा अमेरिका फुटबलमा ब्राजिलले दोस्रो खेलमा शानदार जित हात पारेको छ ।

नेपाली समयअनुसार आज विहान पौने ६ बजे सुरु भएको आफ्नो दोस्रो खेलमा ब्राजिलले पेरूलाई ४-० ले स्तब्ध बनाएको हो ।

खेलको १२औँ मिनेटमा ब्राजिलका लागि एलेक्स सान्ड्रोले गोल गरी अग्रता दिएका हुन् । त्यसपछि पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन । त्यसपछि भने ब्राजिलले ३ गोल थपेको हो ।

खेलको ६८औँ मिनेटमा ब्राजिलका स्टाइकर नेइमारले आफ्नो टिमलाई २-० को अग्रता दिलाएका थिए । त्यसपछि ८९औँ मिनेटमा एभर्टन रिभेरोले ब्राजिलका लागि तेस्रो गोल गरे ।

यस्तै ६ मिनेट थपिएको खेलको इन्जुरी समयको तेस्रो मिनेटमा ब्राजिलका लागि चौथो गोल रिचर्लिसनले गरेका थिए ।

खेलमा ब्राजिलले एक दर्जनभन्दा बढी अवसर सिर्जना गरेको थियो भने प्रतिद्वन्द्वी पेरूले उसको भन्दा आधा पोस्ट प्रहार गरेको थियो । खेलमा ५५ प्रतिशत पोजिशन ब्राजिलले होल्ड गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि