जेठ ०६, २०८१, आइतबार
               

युरो कप : समूह चरणबाटै बाहिरियो टर्की, इटाली नकआउट चरणमा

नेपाल फ्ल्यास
असार ०३, २०७८

ADVERTISEMENT

युरोकप २०२० को समूह चरणको बुधबार रातिको खेलमा टर्कीले वेल्सलाई २-० ले पाखा लगाएको छ । गएरातिकै अर्को खेलमा इटालीले स्विजरल्यान्डविरुद्ध ३-० को सहज जित हात पारेको छ । 

इटालीको जितमा मानुअल लोकातेलीले दुई गोल गरेका थिए । पहिलो गोल खेलको २६औँ मिनेटमा लाेकातेलीले गोल गरे । पहिलो हाफ १-० को गोल अन्तरमै सीमित हुन पुग्यो ।

खेलको ५२औँ मिनेटमा फेरि कोकातेलीले टिम र आफ्नो व्यक्तिगत दोस्रो गोल गरेका थिए । खेलको पोजिसन बराबरी राखे पनि केही सुन्दर अवसरलाई स्विजरल्यान्डले गोलमा परिणत गर्न सकेन ।

तेस्रो तथा अन्तिम गोल ८९औँ मिनेटमा इटालीका फरवार्ड सिराे इमोबिलेले गरेका थिए । जितसँगै इटाली युरोकप २०२० को नकआउट चरण स्थान बनाउने पहिलो टिम भएको छ ।

यसअघि इटालीले टर्कीविरुद्ध पनि ३-० को जित हात पारेको थियो । जम्मा ६ अंकसहित इटाली समूह ए को शीर्ष स्थानमा छ ।

यही समूहको बुधबार रातिको खेलमा वेल्सले टर्कीविरुद्ध २-० गोलको जित निकालेको छ । पराजयसँगै टर्की प्रतियोगिताबाट बाहिरिएको छ । वेल्सले भने नकआउट चरणको सम्भावना जीवितै राखेको छ । 

वेल्सका लागि खेलको ४२औँ मिनेटमा आरोन राम्सेकाे गोल गरेका थिए । कप्तान ग्यारेथ बेलकाे पासलाई राम्सेले गोलमा परिणत गराएका थिए । वेल्स ५९औँ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्नबाट चुकेको थियो । ग्यारेथ बेलमाथि टर्कीका खेलाडीले डिबक्सभित्रै फउल गरेपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न बेल सफल भएनन् ।

वेल्सले दोस्रो गोल इन्जुरी समयमा गरेको थियो । बेलकै पासमा कोन्नोर रोबेर्ट्सले ९५औँ मिनेटमा गोल गरेका थिए ।

वेल्स पहिलो खेलमा स्विजरल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । टर्कीलाई माथि जित हात पारेसँगै ४ अंक बटुलेको वेल्सको नकआउट चरणको सम्भावना कायमै छ । 


कस्तो लाग्यो ?

यो पनि