बैशाख ११, २०८१, मंगलबार
               

नेपाल एसियन कप छनोटको तेस्रो चरणमा

नेपाल फ्ल्यास
असार ०२, २०७८

ADVERTISEMENT

नेपाल एसियन कप–२०२३ छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियन फुटबल फेडेरेसन (एएफसी)ले परिमार्जन गर्दै बुधबार सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको हो ।

एएफसीले बनाएको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ । विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल चौंथो स्थानमा रहेको थियो । समूह ‘बी’ मा रहेको नेपालले ६ अंक जोडेको थियो । नेपालले चाईनिज ताईपेलाई दुबै खेलमा हराएको थियो ।

यस अघि छनोटको चौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने नियम रहेको थियो । तर, एएफसीले बनाएको नयाँ नियमको कारण नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो । तेस्रो चरणको छनोटमा २४ टिमको सहभागिता रहनेछ ।
 


कस्तो लाग्यो ?

यो पनि