जेठ ०७, २०८१, सोमबार
               

वेल्स र स्वीट्जरल्यान्डको खेल बराबरी

नेपाल फ्ल्यास
जेठ ३०, २०७८

ADVERTISEMENT

युरो कपको समूह चरणको खेलमा वेल्स र स्वीट्जरल्यान्डले बरबरी खेल्दै अंक बाँडेका छन् । एक गोलले पछि परेको अवस्थामा वेल्सले स्वीट्जरल्यान्डलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।

अजरवैजानस्थित बाकी स्टेडियम बाकुमा शनिबारराति भएको समूह ‘ए’ को खेलकाे ४९ औं मिनेटमा स्वीट्जरल्यान्डले ब्रिल इम्वोलोको गोलबाट अग्रता लिन सफल भयो ।

एक गोलले पछि परेको वेल्सले सम्हालिएको खेल पस्कँदै बराबरी गोल गर्न सफल भयो । ७४औं मिनेटमा जोइ मोररेलको पासमा अनमार्क रहेका किफर मुरले फ्लिक हेडर गर्दै गोल गरे । यो बराबरीपछि दुवै टोलीले समान एक अंक जोडेका छन् । 


कस्तो लाग्यो ?

यो पनि