जेठ ०७, २०८१, सोमबार
               

युरोकप : इटालीको विजयी सुरुवात

नेपाल फ्ल्यास
जेठ २९, २०७८

ADVERTISEMENT

इटालीले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । रोममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद सुरुवात गरेको हो ।

रोमस्थित ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक एक गोल गरे । इटालीले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले सुरुवाती अग्रता बनाएको थियो ।

डोमिनिको बेरार्डीको क्रस रोक्ने क्रममा डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए । युरोकपको इतिहासमा पहिलो पटक पहिलो गोल आत्मघाती गोल भएको हो । ६६ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई २-० गोलको अग्रता दिलाए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३-० गोलको जित दिलाए । यस जितसँगै समूह 'ए' को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।


कस्तो लाग्यो ?

यो पनि