जेठ ०७, २०८१, सोमबार
               

ब्राजिलको लगातार पाँचौ जित

नेपाल फ्ल्यास
जेठ २२, २०७८

ADVERTISEMENT

फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार पाँचौ जित दर्ता गरेको छ ।घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरलाई २–० ले हराउँदै छनोटमा लगातार पाँचौ जित दर्ता गरेको हो । 

 खेलको ६५औं मिनेटमा इंग्लिस क्लब एभर्टनका फरवार्ड रिचार्लीसनले गोल गर्दै गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा नेयमारले पेनाल्टीमार्फ गोल गर्दै ब्राजिलको जित पक्का गरे । जितपछि दक्षिण अमेरिकी छनोटका शीर्षस्थानमा रहेको ब्राजिलको ५ खेलबाट १५ अंक पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि