जेठ ०७, २०८१, सोमबार
               

अर्जेन्टिना र चिलीबीचकाे खेल बराबरी

नेपाल फ्ल्यास
जेठ २१, २०७८

ADVERTISEMENT

फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी विश्वकप छनोटको पाँचौ चरणको खेलमा अर्जेन्टिना र चिलीले १–१ गोलको बराबरी खेलेका छन् । 

अर्जेन्टिनामा शुक्रबार बिहान भएको खेलकाे २४औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । 

३६औं मिनेटमा साञ्चेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यो बराबरीपछि अर्जेन्टिना ५ खेलबाट ११ अंक जोडेर दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको ब्राजिलको ४ खेलबाट १२ अंक छ । 


कस्तो लाग्यो ?

यो पनि