जेठ ०७, २०८१, सोमबार
               

स्पेनलाई हराउँदै पोर्चुगल फाइनलमा

नेपाल फ्ल्यास
जेठ २१, २०७८

ADVERTISEMENT

साविक विजेता स्पेनको युवा टोलीलाई हराउँदै पोर्चुगलको युवा टोली युरो यु–२१ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

स्लोभेनियामा बिहीबार राति भएको खेलमा जर्ग कुएन्काको आत्मघाती गोल मद्दतमा पोर्चुगल फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक खेल सकिन १० मिनेट बाँकी रहँदा उनले पोर्चुगलको आक्रमणलाई जोगाउन खोज्दा आफ्न पोस्टमा गोल गर्न पुगेका थिए ।

अब पोर्चुगलले उपाधिका लागि जर्मनीको सामना गर्नेछ । पोर्चुगल तेस्रोपटक फाइनलमा पुग्न सफल भएको हो । उपाधि जित्न नसकेको पोर्चुगलले १९९४ र २०१५ मा फाइनल खेलेको थियो । फाइनल ७ जुनमा हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि