जेठ ०७, २०८१, सोमबार
               

इराकसँगको खेलपछि नेपाली फुटबल सुधारिएको टिप्पणी

नेपाल फ्ल्यास
जेठ १६, २०७८

ADVERTISEMENT

काठमाडौं । मैत्रीपूर्ण खेलमा बलियो टिम इराकसँग अपेक्षाकृत राम्रो प्रदर्शन गरेको नेपाली राष्ट्रिय टिम विश्वकप र एसियन कप छनोट खेल्न कुवेत प्रस्तान गरेको छ ।

कुवेतमा नेपालले विश्व कप छनोटको बाँकी खेलअन्तर्गत जेठ २० गते चाइनिज ताइपेइसँग खेल्नेछ । त्यसपछि जेठ २४ मा जोर्डन र २८ मा अस्ट्रेलिया  भिड्ने छ ।

समूह 'बी' रहेको नेपालले पाँच खेल खेलिसकेको छ । पाँच खेलमा नेपालले तीन अंक जोडेको छ । चाइनिज ताइपेइलाई २ - ० ले पराजित गरेको नेपाल चौथो स्थानमा छ ।

१२ अंकसहित अस्ट्रेलिया शीर्ष स्थानमा छ । कुवेत १० जोडेर दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको जोर्डनको कुवेतसँग समान अंक छ । चाइनिज ताइपेइ भने अंकविहीन छ ।  

नेपालले इराकसँगको खेलमा पराजय भोग पनि बलियो टिमसँग सुधारिएको खेल खेलेको टिप्पणी भइरहेको छ । मैत्रिपूर्ण खेलमा नेपाल इराकसँग ६ - २ ले पराजित भएको थियो । फिफा वरीयतामा इराक निकै माथि रहेको छ । 

नेपालका लागि राष्ट्रिय टिममा डेब्यु गरेका मनिष डाँगीले गोल गरेका थिए । डाँगी डेब्यु खेलमा गोल गर्ने तेस्रो नेपाली खेलाडीसमेत भएका छन् । यसअघि हरि खड्का र वाइबी घलेले डेब्यु खेलमा गोल गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि