जेठ ०७, २०८१, सोमबार
               

चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि

नेपाल फ्ल्यास
जेठ १६, २०७८

ADVERTISEMENT

इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

पोर्चुगलमा शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो ।

पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा खेलको ४३ औं मिनेटमा काइ हाभर्ट्जले निर्णायक गोल गरेका हुन् । मासन माउन्टको पासमा उनले गोल गरेका थिए । जुन गोल चेल्सीको जितमा निर्णायक बन्यो ।

यससँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यस अघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।


कस्तो लाग्यो ?

यो पनि