जेठ ०७, २०८१, सोमबार
               

आज नेपाल र इराकबीच प्रतिस्पर्धा हुँदै

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

नेपाललले आज इराकसँग मैत्रिपूर्ण फुटबल खेल्दैछ । शनिबार फिफा वरियतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध उन्नाइस वर्षपछि मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।

फिफा वरियतामा इराक नेपाल भन्दा १०३ औं स्थान माथि रहेको छ । इराक ६८ औं स्थानमा छ । नेपाल १७१ औं स्थानमा छ । 

खेल नेपाली समय अनुसार राति १०:१५ बजे हुनेछ । मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टोली गत बुधबार नै इराककाे बसरा पुगेको थियो । 

नेपाल र इराकबीच पहिलो भेट सन् १९८२ नोभेम्बर २३ तारिखमा भएको थियो । एसियाली खेलकुदमा भएको भेटमा नेपाल इराकसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसिया कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफू भन्दा उच्च वरियताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।


कस्तो लाग्यो ?

यो पनि