बैशाख २६, २०८१, बुधबार
               

युरोपा लिगको उपाधि भिल्लारियललाई, टाइब्रेकरमा २१ प्रहार

नेपाल फ्ल्यास
जेठ १३, २०७८

ADVERTISEMENT

काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकरमा हराउँदै युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले चुमेको छ ।

निर्धारित ९० मिनेटको समयभित्र दुवै टिमबाट एक एक गोलको बराबरी भएपछि थपिएको ३० मिनेट गोलरहित भएपछि खेल टाइब्रेकर अर्थात् पेनाल्टी सुटआउटमा गएको थियो ।

भिल्लारियलका लागि २९ औं मिनेटमा मोरेनोले गोल गरेका थिए । ५५ औं मिनेटमा युनाइटेडका इडिन्सन काभानीले जवाफी गोल फर्काएपछि खेल बराबरीमा गएको हो । त्यसपछि दुवै टिमबाट गोल नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । 

टाइब्रेकरमा १० वटा  पेनाल्टीसम्म पनि दुवै टोलीले बराबरी गोल हानेका थिए । ११ औं पेनाल्टीमा म्यानयु चुकेपछि उपाधि भिल्लारियलले जितेको हो ।

पोल्याण्डमा भएको खेलमा १० हजार दर्शकलाई मैदान प्रवेश दिइएको थियो । खेलमा २१ वटा पेनाल्टीको अपवाद प्रतिस्पर्धा भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि