बैशाख २७, २०८१, बिहीबार
               

लेवान्डोस्कीले तोडे ४९ वर्ष पुरानो कीर्तिमान

नेपाल फ्ल्यास
जेठ ०९, २०७८

ADVERTISEMENT

बायर्न म्युनिखका रोबर्ट लेवनडोस्कीले शनिबार जर्मन बुन्डेसलिगामा गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् । उनले गर्ड मुलरको नाममा रहेको ४९ वर्ष पुरानो कीर्तिमानलाई उछिनेका हुन् । जर्मन बुन्डेसलिगा फुटबलमा च्याम्पियन बायर्न म्युनिखले सिजनको आफ्नो अन्तिम खेलमा जित निकालेको हाे ।

शनिबार राति भएको सिजनको अन्तिम खेलमा बायर्नले अग्स्बर्गलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । बायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की, सेर्जी जिनाब्री, जोसुवा किमिच र किग्सले कोम्यानले एक एक गोल गरे ।

लेवान्डोस्कीले २९ लिग खेलमा ४१ गोल पूरा गरेका हुन् । लेवान्डोस्कीले बायर्नका लिजेण्ड खेलाडी गर्ड मुलरको कीर्तिमान भङ्ग गरेका हुन् । मुलरले सन् १९७१/७२ को सिजन ४० गोल गर्दै कीर्तिमान बनाएका थिए ।

शनिबारको अन्तिम दिनको खेलसँगै यसपल्टको बुंडेसलिगा टुंगेको छ । बायर्न ७८ अंकसहित लिग विजेता रह्यो भने त्यसपछि शीर्ष चारमा आरबी लाइपजिग, बोरुसिया डर्टमुन्ड र उल्भ्सबर्ग रहे । आफ्नो अन्तिम खेलमा जित निकालेसँगै बायर्नले सिजनको सुखद अन्त्य गरेको हाे । 


कस्तो लाग्यो ?

यो पनि