बैशाख २७, २०८१, बिहीबार
               

कोपा इटालियाको उपाधि युभेन्टसलाई

नेपाल फ्ल्यास
जेठ ०६, २०७८

ADVERTISEMENT

युभेन्टसले कोपा इटालियाको उपाधि चुमेको छ । एटलान्टालाई २-१ गोलले हराउँदै युभेन्टसले सर्वाधिक १४ पटक उपाधि जितेको हो ।

प्रतिस्पर्धात्मक फाइनलको ३१औँ मिनेटमा युभेन्टसले खेलमा अग्रता लिएको थियो । उसका लागि वेष्टन मकेनीको सहयोगमा डेजान मुलुसेभ्सकीले गोल गर्दै टिमलाई १-० ले अग्रता दिएका थिए ।

तर खेलको ४१ औँ मिनेटमा एटलान्टाले गोल फर्काएर बराबरी गर्न सफल भयो । उसका लागि हान्स हाटकोएरको पासमा रुस्लान मालिनोभ्स्कील्ले सुन्दर गोल गरेका थिए ।

खेलको ७३ औं मिनेटमा फेडेरीको किएजाको गोल गर्दै युभेन्टसलाई फेरि अग्रता दिलाए । उनले कुलुसेभ्सकीको पासमा उत्कृष्ट गोल गर्न सफल भए ।

८८ औँ मिनेटमा एटलान्टा १० खेलाडीमा सीमित हुन पुग्यो । उसका राफेल टोलोइले रेफ्रीसँग अभद्र व्यवहार गरेपछि रातो कार्ड पाए । त्यसपछि एटलान्टा दबाबमा पर्यो । युभेन्टसले पनि गोल थप्न सकेन र खेल २-१ अन्तरमा निर्णयमा पुग्यो । 

युभेन्टसले तीन वर्षपछि प्रतियोगिता जितेको हो । गएको सिजनमा उ नेपोलीसँग पराजित हुँदै उपविजेतामा खुम्चिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि