इटालीको सिरी ए मा इन्टर मिलानमाथि युभेन्ट्सले ३ – २ को रोमाञ्चक जित निकालेको छ ।
खेलको अन्त्यतिर जुवान क्वाडाड्रोले पेनाल्टीबाट गोल गरेपछि युभेन्ट्सले खेल जितेको हो ।
३५ मिनेटपछि इन्टर मिलान १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि युभेन्ट्सले क्रिस्टियानो रोनाल्डोको गोलसँगै अग्रता लियो ।
जितपछि उसको शीर्ष चारको सम्भावना कायमै छ । युभेन्ट्सको ३७ खेलबाट ७५ अंक भएको छ ।
यस्तै, शनिबारकै अन्य खेलमा दोस्रो स्थानका एटलान्टाले जेनोआलाई ४ – ३, स्पेजियाले टुरिनोलाई ४ – १ ले पाखा लगायो । रोम डर्बीमा रोमाले लाजियोलाई २ – ० ले पराजित गर्यो ।