बैशाख २६, २०८१, बुधबार
               

नेपाल सुपर लिगको उपाधि काठमाडौंलाई

नेपाल फ्ल्यास
जेठ ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्सले जितेको छ ।

काठमाडौंको दशरथ रंगशालामा आज भएको फाइनल खेलमा धनगढीलाई १ - ० गोल अन्तरले पाखा लगाउँदै काठमाडौंले उपाधि चुमेको हो ।

खेलको २१ औं मिनेटमा काठमाडौंका लागि अफ्रिकन स्ट्राइकर मेसुके ओलोमोउको गोल गरेका थिए ।

मध्यभागबाट धनगढीका विशाल राईसँग बल खोस्दै काठमाडौंका विश्वास श्रेष्ठले मिलाएको पासलाई मेसुकेले गोलमा परिणत गरेका हुन् । धनगढीका डिफेन्डरहरूको तालमेल नमिल्दा मेसुकेले राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङलाई छक्याउँदै उत्कृष्ट गोल गरेका थिए ।

खेलको दोस्रो हाफमा धनगढीले गोलका लागि केही प्रयास गरे पनि त्यो सफल हुन सेकन । त्यसैगरी काठमाडौंका पनि केही सुन्दर मौकाले जाली चुम्न सकेनन् । 

मेसुकेले जारी प्रतियोगितामा सर्वाधिक ८ गोल गरेका छन् ।

लिग चरण र पहिलो क्वालिफायरमा काठमाडौंलाई धनगढीले पराजित गरेको थियो ।

धनगढी पहिलो क्वालिफायरमा काठमाडौंलाई अतिरिक्त समयमा २ – १ गोलले हराएर फाइनलमा पुगेको थियो । काठमाडौं भने दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३ – ० ले हराएर फाइनलमा पुगेको थियो ।

लिगका विजेता काठमाडौंले ३५ लाख रुपैयाँ पाएको छ । उपविजेता धनगडीले १५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

व्यक्तिगत ६ विधातर्फ उत्कृष्ट हुने खेलाडीले एक-एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।

कोभिड १९ को संक्रमणबाट बच्न सरकारले लागू गरेका सबै मापदण्ड पालना गर्दै रंगशालामा दर्शकविहीन प्रतियोगिता आयोजना गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि