बैशाख ०८, २०८१, शनिबार
               

नेपाल सुपर लिगको फाइलन आज

नेपाल फ्ल्यास
जेठ ०१, २०७८

ADVERTISEMENT

नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) मा शनिबार धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। 

ट्रफी सार्वजनिक तथा प्रि–म्याच कन्फरेन्समा बोल्दै दुवै टोलीका कप्तानले उपाधि उचाल्ने दाबी गरे। लिग चरणका खेलबाट शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको काठमाडौं रेजर्सले इलिमिनेटर खेलमा भाग्यमाथि हुँदै अन्तिम दुईमा स्थान बनाउन सफल भएको थियो। यही टोली शनिबार पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको टोली धनगढीविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ। काठमाडौं मैदान उत्रिँदा लिग चरण र पहिलो क्वालिफायरमा हारेको बदला लिने अवसर मिलेको छ। 

टोलीका प्रशिक्षक बालगोपाल महर्जनले यस अघिका दुई खेलमा भोगेको पराजयमा भएका कमी कमजोरीलाई सुधार गर्दै आफ्नो टोली उपाधिलाई मैदान उत्रिने र उपाधि काठमाडौंमा नै राख्ने प्रतिक्रिया दिए।  

प्रशिक्षक महर्जनले केही खेलाडीमा चोट भए प्रतिस्पर्धाका लागि टोली पुग्ने भन्दै फाइनल खेलमा सुखद नतिजा निकाल्नेमा आफ्नो टोली तयार रहेको बताए। कप्तान  विकेश कुथुले प्रशिक्षकको भनाइलाई साथ दिँदै पहिलो संस्करणको उपाधि जितेर इतिहास रच्ने लक्ष्यका साथ आफ्नो टोली मैदान उत्रिने प्रतिक्रिया दिए।

उता पहिलो क्वालिफायरमा काठमाडौंमाथि अतिरिक्त समयमा रोमाञ्चक जीत निकाल्दै फाइनलको ढोका खोलेको धनगढीले पनि सहजै उपाधि उचाल्नेमा आत्मविश्वासी देखियो। प्रशिक्षक तोपे फुजाले लिग चरण र क्वालिफयारमा निकालेको जीतले खेलाडीमा आत्मविश्वास भएको र फाइनल खेल पनि आफ्नो पोल्टामा पर्ने दावी गरे ।

यस्तै धनगढीका  कप्तान किरण चेम्जोङले सुरुआती खेलमा आफ्नो टोलीले सोचे जस्तो प्रदर्शन गर्न नसके पनि पछिल्ला खेलमा लय समात्न सफल भएको भन्दै फाइनलमा पनि राम्रो गर्ने विश्वास व्यक्त गरे।

पहिलो पटक आयोजना भएको फ्रेन्चाई फुटबल प्रतियोगिताको विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ भने व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन्।


कस्तो लाग्यो ?

यो पनि