बैशाख १४, २०८१, शुक्रबार
               

सिरी 'ए' को उपाधि इन्टर मिलानलाई

नेपाल फ्ल्यास
बैशाख २०, २०७८

ADVERTISEMENT

झन्डै एक दशकको युभेन्टसको अधिपत्य तोड्दै इन्टर मिलान ११ वर्षपछि इटालियन सिरी ‘ए’ च्याम्पियन बनेको छ । एटलान्टाले सस्सुलोसँग बराबरी खेलेपछि इन्टर मिलान सिरी ‘ए’ को चार खेल बाँकी रहँदै च्याम्पियन बन्न सफल भएको हो ।

१० खेलाडीमा समेटिएको एट्लान्टाले सासोउलोसँग १-१ गोलको बराबरी खेलेको हो । एट्लान्टाका रोबिन गोसेन्सले गोल गरेका थिए । तर, सासोउलोका डोमिनिको बेरार्डीले बराबरी गोल फर्काएका थिए ।

गोल्लिनीले सुरुवातमै रातो कार्ड पाएको खेलमा एट्लान्टाका लुइस मुरिएल पेनाल्टी गोल गर्न असफल भएका थिए । एट्लान्टाको बराबरीसँगै इन्टरले १३ अंकको स्पस्ट अग्रता बनाउदै उपाधि जितेको हो । इन्टरले पछिलो पटक सन् २०१० मा सिरी 'ए' को उपाधि जितेको थियो ।


कस्तो लाग्यो ?

यो पनि