बैशाख १४, २०८१, शुक्रबार
               

नेपाल सुपर लिग : पोखरा र ललितपुरबीचकाे खेल बराबरी

नेपाल फ्ल्यास
बैशाख १९, २०७८

ADVERTISEMENT

पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा आक्रमक खेल पस्किए पनि पोखराले गोल गर्न सकेन । ललितपुरले भने दोस्रो हाफमा केहि डरलाग्दो आक्रमण बुनेको थियो । तर, ललितपुर पनि गोल गर्न चुकेको थियो ।

खेलमा ललितपुरका प्रवेश कुँवर प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच पोखराका आयुस घलान चुनिए । उनले १० हजार प्राप्त गरे । यस बराबरीसँगै पोखराले ४ खेलमा ५ अंक जोडेको छ । पोखरा तेस्रो स्थानमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि