बैशाख ०८, २०८१, शनिबार
               

स्पेनिस ला लिगामा रियल विजयी

नेपाल फ्ल्यास
बैशाख १९, २०७८

ADVERTISEMENT

रियल म्याड्रिडले स्पेनिस ला लिगामा ओसासुनालाई पराजित गरेकाे छ । रियलले ओसासुनामाथि २–० को जित दर्ता गरेको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएकाे खेलकाे ७६औं मिनेटमा मिलिसाओले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । खेलको ८०औं मिनेटमा क्यासमिरोले गोल गर्दै रियललाई २–० को महत्वपुर्ण जित दिलाए ।

जितपछि दोस्रो स्थानमा रहेको रियलको ३४ खेलबाट ७४ अंक पुगेको छ । रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडभन्दा २ अंकले पछि छ ।


कस्तो लाग्यो ?

यो पनि